Pages

Thursday, September 19, 2013

गजल


हजुरले ति चेलीको चित्कार सुन्नु भयो
चिच्याउदै मागेको त्यो गुहार सुन्नु भयो ||

अँध्यारोमा मुखियाले इज्जत लुट्यो क्यारे
आँशु सगै पोखिएका बिचार सुन्नु भयो||

निरङ्कुश दासताको बन्धन छुटे पछी
खुशी हुँदै ब्याक्त गर्या आभार सुन्नु भयो||



साँझ ढल्दै होटलमा सुरुहुन्छ चल-खेल
गरिन्छ रे त्यहाँ देह ब्यापार सुन्नु भयो||

दिनभरी कमाउथ्यो किनेर खान्थ्यो साँझ
भोक्कै छ रे बन्द रैछ बजार सुन्नु भयो||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: