Pages

Monday, September 16, 2013

गजल

मुटु जोडी मुटु तोड्ने दाउ उही पुरानो छ 
याद मात्र नयाँ ताजा घाऊ उही पुरानो छ||

तमसुक देखाएर मेरी आमा भन्नुहुन्छ 
साँवा माथी ब्याज जोड्ने साउ उही पुरानो छ||

महङीले सिमा नाघ्दा किसानको गुनासो छ 
कसरी म बेचौ अन्न भाउ उही पुरानो छ||

महिलाको अधिकार चर्चा हुन्छ राजधानीमा 
पश्चिम फर्की हेर्नुहोला छाउ उही पुरानो छ|| 

गाँउलेको जिन्दगानी धरापमा परेको छ
पार तर्ने जिन्दगीको नाउ उही पुरानो छ||

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: