Pages

Friday, October 18, 2013

गजल (प्रदेसीको दसैँ )


नआउ यता ए बडा दसैं नआउ तिहार
प्रदेशी रुन्छ ऐनाको सामु छामेर निधार||

खुसी छु भन्छ साथीको माझ हाँसे झै गरेर
एकान्त हुँदा फिजाइ बस्छ आँशुको बजार||

के लेख्यो कुन्नि भाबीले पनी जन्मिदा छैटमा

छोपेर राख्यो निधार भित्र हेरु की फुटार ||



पियारी भन्थी यो साल छुट्टी मिलाई आउनु है
चढाए बिन्ति हाकिम सामु सुनेन पुकार ||

आज त छुट्टी होला नी बाबु आमाले भन्नु भो
प्रदेसी ठाऊ हुदैन छुट्टी सधैको असार ||

जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: