Pages

Monday, October 07, 2013

गजल


बियोगले जलेको हु उदासी नसम्झनुस्
मुटु दुख्दा पिएको हुँ एैयासी नसम्झनुस् ||

बेरोजगार शरहमा रोजगार खोज्दै जाँदा
सारा ढोका ढक्ढक्याँए चप्रासी नसम्झनुस् ||

हो उस्लाई पागल भनी घोषणा गरियोस लौ
उस्ले बोल्या तुच्छ वचन बदमासी नसम्झनुस्||



मञ्च माथी गजलकार सम्मान हुँदा रोयो
त्यो खुशीको आँशु पो हो रुवाबासी नसम्झनुस्||

सलाम छ गाँउलेको त्यो साथी सलामीलाइ
गजलकार हो उ पनी त खलासी नसम्झनुस् ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

नोट : सलामी भनी मैले गजलकार मित्र बिपिन संघर्ष सलामी लाइ सम्बोधन गरेको हु उहा एक कुसल गजलकार हुनु को साथै राजधानीमा गाडी गुडाउने पेशा ड्राइभर गर्नु हुन्छ आफ्नो ब्यस्त समयको बाबजुत पनी गजलको क्षेत्रमा उहाले आफुलाई स्थापित गरी सक्नु भएको छ ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: