Pages

Monday, October 07, 2013

गजल

कसरी म भन्न सक्थे बिथोलिए रातहरु
खट्पटिदै कोल्टे फिर्दै छिचोलिए रातहरु||

छातीभरी पीडा भयो बेहोसी भै ढल्दा तिमी
निधाउन नसक्दा म गिजोलिए रातहरु||

अँध्यारोमै पोख्थे दु:ख नभए त सुर्योदय
मिर्मिरेमा भाले बास्दै पिरोलिए रातहरु||

हत्केलाले सुर्य छेक्न लाख कोशीस गरेपनी
न थुनिए दिनहरु नखोलिए रातहरु||

गाँउलेको दु:ख सुन्दा अजंग भो रात आज
वेदनाको रङ भर्दै आज डोलिए रातहरु ||


जीतु खड्का गाँउले
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: