Pages

Friday, October 18, 2013

गजल


पुरानो त्यो याद जब बल्झिएर आउछ
जतन गरी टालेको मन उध्रिएर आउछ||

अतितको पीडा बल्झी रसाउछ नयन
र पो आँशु आँखाबाट बर्सिएर आउछ||

अभाबले चिथोरेको हुन सक्छ सायद
यो छातीको देब्रेपाटो चर्किएर आउछ ||



जब सम्म दु:ख सँग टुट्दैन यो सम्बन्ध
साहित्यमा मेरो कलम निख्रिएर आउछ||

उ फुटानी लडाउछ गजलकार हुँ भन्दै
अनी मेरो यो कन्पारो तात्तिएर आउछ ||

जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: