हिजो देखी घरीघरी रोइरहेछु!!
वेदनाले मुटु दुख्या हुनसक्छ
मुर्छा पर्दै रातैभरी रोइरहेछु !!
आफै संग प्रश्न गर्दा छैन उत्तर
साच्चै किन म यसरी रोइरहेछु!!
मुटु दुख्दा पीडा भोग्ने आँखा रैछ
रसिला ति आँखा निचरी रोइरहेछु!!
ए गाउले नरोउ भन्दा आँफै मन्ले
आँशु पुछ्दै म धर्धरी रोइरहेछु!!
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment