Pages

Wednesday, November 27, 2013

गजल

गजल 
सक्छौ भने लुट तिमी लुटाईदिन्छु रातैभरी
 हराएर तिमी भित्रै बिताईदिन्छु रातैभरी!!

बर्षौ देखी अनिधो छु छुटे देखी साथ हाम्रो
बेरिएर अंगालोमा निदाइदिन्छु रातैभरी!!

चुर्लुम्म भै डुब्नु तिमी यौवनको तलाउमा
 छताछुल्ल जवानी म पोखाइदिन्छु रातैभरी!!



यौबनका छालहरु छच्चल्किदै आए पनि
समुन्द्र झै छाती थाप्दै चिस्याइदिन्छु रातैभरी!!


समयले आज फेरी यो संजोग जुराको छ
नबिर्सिने गरी खुशी बर्षाइदिन्छु रातैभरी!!

जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: