Pages

Friday, July 31, 2015

गजल

बोलाउदीन बोलाउदा झर्को लाग्ने भए
मधुर मेरा बोलिहरु चर्को लाग्ने भए!

रहेन क्यै औचित्य नै आफ्नो ठान्नु मैले
आफ्नैमान्छे तिम्रो निम्ति अर्को लाग्ने भए!!

फोरीदेउ हातका चुरा चुँडाइ देउ पोते
सिन्दुर पनि दासताको धर्को लाग्ने भए!!

उखालेर फालीदेउ फूलदानीको गुलाफ
गुलाफ भन्दा धेरै मायाँ वरको लाग्ने भए!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: