Pages

Friday, July 31, 2015

आधुनिक कबिता

कवी :नाभी हराएको मान्छे

कबिताको शिर्षक बिर्सेंको छैन आमा

बिर्सेंको छैन आमा अझै 
तिमीले खोले सिस्नो खाएको 
मैले झोर्ले प्यान लाएको 
बिर्सेंको छैन आमा 
भित्ताको छेपारो 
बाउले जोत्ने हलोको ठेडी 
छिनेको जोतारो 
समय हेर्न किने थ्यौ 
ब्याट्री नचाइने घडी 
छिर्के मिर्के भाले 
त्यो पनि काटेर खाएका थे बाले
बिर्सेंको छैन आमा अझै 
बाटो हिंन्दा जिस्काउने त्यो केटी 
तिमीले मोही पार्ने छिनेको नेती 
हर्पे ठेकी नरिवलको डाडु 

उसिनेको आलु अनी पिडालु 
कसरी बिर्सिंन्थे म 
हामीलाई गिज्याउने बाँस झ्याँङको रुप्पी 
बाउको फाटेको टोपी 
टोपी बाट निस्स्केर लिखिर लिखिर हल्लिदै 
गरिवीलाइ गिज्याउने बा को टुपी
बिर्सेंको छैन आमा अझै 
मैले हिड्ने गल्लि अनी गोरेटो 
तिमीले चलाउने बाँसको खरेटो
बुडा हजुर बा बाउ छोरा नानि 
भाटि खालाँटि पल्ला गाउकी लाटी 
गासेको दुनो टपरो
हजुर बा ले पिसाब फेर्ने कोपरो 
बिर्सेंको छैन आमा अझै 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: