Pages

Friday, July 31, 2015

मुक्तक

हाँसे भने रुवाउछौ र पो प्यारी लाग्छौ
रोए भने हसाउछौ र पो प्यारी लाग्छौ !!
तिहुन थप्ने बाहानामा जिस्काउछु जब 
कुट्न डाडु उठाउछौ र पो प्यारी लाग्छौ !


पठाउँछन चिठ्ठी पत्र काली गोरी खैरीहरुले
नपठाए हुन्थ्यो बरु बिदेशी ति बैरीहरुले!
म नेपाली भएर होला नेपालीको पछी लाग्छु 
मलाई बाल दिदैनन् हौ सिमा झ्याक्ने जैरीहरुले!!


बुडो हुँदा के पो होला जवानीमा देखिन खै 
मुनाफामा देखे जीवन नोक्सानीमा देखिन खै 
लाने केही होइन रैछ मर्दा खेरी धनीले नी 

सिक्का देखे निधारमा सिरानीमा देखिन खै !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: