Pages

Friday, July 31, 2015

गजल

आकाशका जून र तारा नमाग 
म दिन सक्दिन पियारा नमाग!!

बे-घर छु आफै सकुँला के दिन 
न माग म संग सहारा नमाग !!

यै आँशु पिएर मेटाउछु प्यास म 
आँखाले बगाउने यी धारा नमाग!!


सोधेमा खबर जिउदै छ भन्दिनु 
लेख्दिन म चिठ्ठी हलसारा नमाग!!

छ बोली कटारी बोलेरै ढलाउछौ 
टुक्राउन यो मुटु भो आरा नमाग!!
जीतु खड्का गाउले 
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: