Pages

Friday, August 21, 2015

गजल (सत्तोश्राप बाहुनलाई )

कति गर्छौ मात्र गाली सत्तोश्राप बाहुनलाई 
धारे हात लाँउदै खाली सत्तोश्राप बाहुनलाई!!

शोषकी हो सामन्ती हो भन्छ्न् टुच्च लाउनेहरू 
आफू लड्दै भर्दै नाली सत्तोश्राप बाहुनलाई !!

हुतीहारा पानी मरुवा खेदो पाइलो गर्छौ कति 
झ्याली पिट्दै पिट्दै ताली सत्तोश्राप बाहुनलाई !!

आते पाते गर्दै खान्छ जजमानको घर डुल्दै 
किन गर्छन् भन साली सत्तोश्राप बाहुनलाई !!

चमारेले सराप्दैमा मर्दैन हौ मर्दैन गाई मर्दैन 
गर धोती टोपी फुकाली सत्तोश्राप बाहुनलाई!!

जितु खड्का गाउँले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: