Pages

Monday, April 04, 2016

गजल

गजल
जिन्दगीमा दु:ख सुख बराबरी हुन्छ 
भन्नेहरु भन्छन तर खै कसरी हुन्छ!१!

दसैं कुर्नु बाध्यता छ मासु खान उस्ले 
यस्तो हालत गरीबको संधैभरी हुन्छ !२!

आज उस्ले कमाएनछ हेर्नु होला भोली 
उस्को घरमा झगडा हुन्छ कचहरी हुन्छ!3!

यै कारणले इमान बेचें मैले पनि आज 
जुटाउनु थ्यो भरेको छाक जसोगरी हुन्छ!४!

जहिले सम्म विश्वास गर्छौ नेता ज्युका कुरा 
तपाईं हामी जमुरे हुन्छौ उ मादरी हुन्छ !५!




जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: