Pages

Monday, April 04, 2016

५ मुक्तक

मुक्तक
लौ हेर्नुस् कठैबरी परदेशी गएको छ 
देश बोकी मुटुभरी परदेशी गएको छ!
जिउदो या मुर्धो पक्कै फर्किन्छ उ किनभने 
छिट्टै फिर्ने वाचागरी परदेशी गएको छ!!

मुक्तक २
चौक चौकमा सुरक्षाकर्मी खटाइनेछ 
लाठ्ठी बर्षाइनेछ बन्दुक पढ्काइनेछ!
यो नयाँ नेपाल हो नबोलेकै जाती 
बोल्नेहरुको जिब्रो थुतेर देखाइनेछ!!
मुक्तक ३
भाई बैनिले के सिक्लान खै यस्तो चलन् बसालेर 
लाउँछौ चोली माथि बाट दुइटा तुना फुकालेर !
हुन्न छोरी यस्तो लाउन रिती थिती बिर्सिएर 
हिंड्नु पर्छ यै समाजमा भाको इज्जत सम्हालेर!!

मुक्तक ४
आँखै भित्र राख्छु देश हराभरा देख्छु 
भिर पाखा पखेरा नि गर्हा गर्हा देख्छु!
दुई आँखा फेवा रारा शिर सगरमाथा 
हरिया फाँट जीवन जिउने धरहरा देख्छु
मुक्तक ५
जुध्दा नजर लजाउछिन् र पो मायाँ लाग्छ
जिस्काँउदा सर्माउछिन् र पो मायाँ लाग्छ !
नदेखे झै गरी हिड्दा लडे जस्तो गर्छु
अत्तालिदै उठाउछिन् र पो मायाँ लाग्छ!!
जितु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: