Pages

Friday, May 06, 2016

गजल

गयो मिलो पालै पालो बाँडीचुडी खायो 
सगै लग्यो साली सालो बाँडीचुडी खायो!!

रास्टियता बेची सक्यौ बाँकी रहयो देश 
बेच्यो मिल्यो गोरो कालो बाँडीचुँडी खायो!!

रिसाएका भेडा जनता फकाउन परे 
थापो बोरु दाइने गालो बाँडीचुँडी खायो!!



भु-कम्पको पीडितलाई आएको त्यो राहात 
आँफै थाप्यो नाङ्लो डालो बाँडीचुँडी खायो!!

अन्धो कानुन बैरो समाज कस्ले देख्छ अरु?
पत्रकारको आँखा टालो बाँडीचुँडी खायो!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: