Pages

Monday, May 30, 2016

गजल ( ओली सर्खार फेर्नै पर्छ )








आफु मात्र अघाउने भो ओली सर्खार फेर्नै पर्छ 
मेरो पालो नआउने भो ओली सर्खार फेर्नै पर्छ !!

उखान टुक्का मात्र गर्छ सिन्चो भाँची काम गर्दैन 
हेर्नुस भैसी नब्याउने भो ओली सर्खार फेर्नै पर्छ !!


















मर्दै गए पाउला पनि बुढो सिमल ढल्ने भयो 
फेरी घाम उदाउने भो ओली सर्खार फेर्नै पर्छ !!

केही गर्नुस बढे भैया एैठन परे एैया एैया
मलाइ सधै दुखाउने भो ओली सर्खार फेर्नै पर्छ!!

रोक्नै पर्छ जसरि नी पाहाड फोडी ल्याउनै लाग्यो  
छुकछुक रेल गुडाउने भो ओली सर्खार फेर्नै पर्छ!!

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: