Pages

Friday, January 07, 2011

थाकी सके

कती भरु माना पाथी म थाकी सके
कती गरु तल माथि म थाकी सके |१|

सबै उस्तै छन यहाँ म मात्र भिन्न
कती बनु आँफै जाती म थाकी सके |२|

विश्वाशको दियो नि निब्नै लाग्यो अब
कती बालौ दियो बाती म थाकी सके |३|

राम्रा भन्ने हरु कै'छ हाली मुहाली
कती घसौ तेल काती म थाकी सके |४|


भारी बोकी गरीबिको म कती हिडौ
कती सुतौ भोकै राती म थाकी सके |५|


कती भरु माना पाथी म थाकी सके
कती गरु तल माथि म थाकी सके ||


जीतु खड्का
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: