दिन उस्तै साल मात्र नयाँ के रमाउ म |१|
कती नाचु तिम्रो ईशारामा भो थाकी सके
गीत उस्तै ताल मात्र नयाँ के रमाउ म |२|
कती बाँच्नु छटपटीमा हर पल सधैं
गोली उस्तै नाल मात्र नयाँ के रमाउ म |३|
कती गरौ संधी र सम्झौता तिम्रो लागि
मान्छे उही गाल मात्र नयाँ के रमाउ म |४|
कती चाल्छौ गुटी हरु तिमी सतरज्जको
खेल उही चाल मात्र नयाँ के रमाउ म |५|
खाना उस्तै छ थाल मात्र नयाँ के रमाउ म
दिन उस्तै छ साल मात्र नयाँ के रमाउ म
जीतु खड्का
मोरङ उर्लाबारी
हाल - बालुवाटार
साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

Kathmandu 
0 सुझाबहरु:
Post a Comment