Pages

Friday, January 07, 2011

इच्छा तिम्रो

ज्योती छोपी दिप बाल भन्छौ,कस्तो इच्छा तिम्रो
बाख्रो बेची पप्पी पाल भन्छौ,कस्तो इच्छा तिम्रो |१|

माना   मुरी फल्ने   खेत   बाँझै   हुने   भयो अब
गोरु बेची झुप्रो हाल भन्छौ,कस्तो इच्छा तिम्रो |२|

सक्दिन म बेच्न आत्मा गार्हो हुन्छ आत्मा बेच्न
बेची आत्मा भित्तो टाल भन्छौ,कस्तो इच्छा तिम्रो |३|

तिमी सगै खुशी छु'म कती भोग्नु अझै दु:ख
बेची अन्न पिठो चाल भन्छौ,कस्तो इच्छा तिम्रो |४|

कती गार्हो हुन्छ यहाँ छट्पटिमा बाँच्नु पर्दा
आफ्नै मुटु झिकी गाल भन्छौ,कस्तो इच्छा तिम्रो |५|

जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: