समाली राख तिम्रो लाजका गहना किन पस्किन्छौ बजारमा |१|
जमना सँग चल्न परम्परा भुली सक्यौ अर्धनग्न घुम्दै छौ'रे
झुकाइ शिर हिन्छौ लुरु लुरु एक्लै किन झस्किन्छौ बजारमा |२|
इज्जत आफ्नो आँफै बैना गर्यौ डाकी मान्छे एकान्त अधेरोमा
दुनियाँ सामु आफ्नै नजरमा आँफै किन खस्किन्छौ बजारमा |३|
कठीन होला यात्रा कुरितिले जरा गाड्या हाम्रो यो समाजमा
सक्दैनौ गर्न यात्रा छोडि देउ अब किन घस्किन्छौ बजारमा |४|
जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment