Pages

Thursday, January 20, 2011

गजल

बिदेशीको  धर्ती टेकेर आएँ मैले
केही नौला दु:ख देखेर आएँ मैले |१|




खै'के पाँए मैले ज्यानको बाजी मार्दा
झुक्यो शिर श्रम बेचेर आएँ मैले |२|


मर्ने बाँच्ने कुनै    हुँदैन   है ठेगाना

आफ्नै काल आँफै भेटेर आएँ मैले |३|


आँटो पिठो खान्छु फाटेकै लाउछु म

फर्किने त्यो बाटो मेटेर आएँ मैले |४|


जीतु खड्का
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: