छैन काम देशमा
छैन दाम देशमा |१|
जालि कै'भो जमना
छैन ठाम देशमा |२|
बस्ती देख्छु उजाड
छैन गाम देशमा |३|
यूबा डुबे नशामा
छैन साम देशमा |४| (साम =साँझ )
कती गर्छौ सङ्घर्स
छैन डाम देशमा |५| (डाम =लालमोहोर लाहा छाप देशको )
पिउने पिलाउने
छैन जाम देशमा |६|
मिर्मिरे'मै अस्ताए
छैन घाम देशमा |७|
चुल्ली रह्यो महङ्गी
राम नाम देशमा |८|
जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment