Pages

Thursday, June 02, 2011

घायलको तररि मुसरया बाट

नबोलेरै ढुक्ढुकिको चाल थाहा पाउँ
बिछोडमा छट्पटिको हाल थाहा पाउँ |१|


तिमी आयौ समिपमा जब मेरो छेउ
मुटुभित्र उर्लिएको छाल थाहा पाउँ|२|


जस्तो बज्छ मादल उसै गरी नाच्नु पर्छ
मादलुको घन्किएको ताल थाहा पाउँ |३|


अभागी'छ कर्म मेरो ब्यर्थै दोष पाँए
समयले दिएको त्यो गाल थाहा पाउँ |४|


नबोल भो अन्यायमा जिब्रो थुती माग्नु
छाती माथि ठडाएको नाल थाहा पाउँ |५|

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
====================

झुटो माया किन दियौ?टारीदिए हुन्थ्यो बोरु
माँया फूल्ने बगैचा नै बारीदिए हुन्थ्यो बोरु |१|
.
कती रेट्छौ करौतिले आँखै भित्र बसी तिमी
मकै टोक्ने बंगरा'नै झारीदिए हुन्थ्यो बोरु |२|
.
छट्पटिमा कती बस्नु?तिम्रै बाटो हेर्दै अझै
रुवाएर राख्नु भन्दा मारीदिए हुन्थ्यो बोरु |३|
.
लत्ताएर गयौ आलो काँचो भयो माँया मेरो
काँचो माँया नौनी संम्झी खारिदिए हुन्थ्यो बोरु |४|
.
माँया जाल अन्तै थाप्यौ मलाई राख्यौ प्रतिक्ष्यामा
उल्टो पारी पासो भित्र पारीदिए हुन्थ्यो बोरु |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
हाल -साउदी अरब
=====================
सबैलाई मायाँ बाड्ने दानी भयौ तिमी आज
अन्जानको प्यास मेट्ने पानी भयौ तिमी आज |१|

आफ्ना लाई छाडि गयौ पराइको अङालोमा
पराइको मर्म बुझ्ने ज्ञानी भयौ तिमी आज |२|

मायाँ गर्न पल्किएछौ कस्तो नसा मायाँको यो
हिजै लाग्छ मुटु साट्या बानी भयौ तिमी आज |३|

आफ्नै इज्जत पस्की हिन्छौ बजारमा आँफै तिमी
दुनियाँको नजरमा सानी भयौ तिमी आज |४|

नामी भयौ तिमी आज दुनियाँको नजरमा
उम्लिएको बैश पिस्ने घानी भयौ तिमी आज |५|

जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

1 सुझाबहरु:

Unknown said...

'घायलको तरही मुसायरा'भनेर लेख्नु भए धेरै राम्रो हुनेथियो कि ! यसरि अर्थको अनर्थ हुने गरि लेख्नुको के अर्थ रहन्छ होला र? र तरही मुसायराको नियम अनुसार गर्नु होला धन्यवाद !