Pages

Thursday, June 02, 2011

गजल





बिहानीको मिर्मिरेमा शीत पर्दा फूल मुस्कुरायो
बादलुले रिमझिम बर्षा गर्दा मूल मुस्कुरायो || 


रंगी चंगी ढकमक्क फक्रे फूल मनको मझेरीमा
फक्रिएको फूल देख्दा  भमराको हुल मुस्कुरायो ||


खोला पारि मेरी माया भेट्न खोल्सी तरे हतारमा
चिप्लिएर लड्न पुगे गिज्याउदै पुल मुस्कुरायो ||


बर्षौ बित्यो चाहानामा बल्ल पुरा भयो सपना त्यो
आगनीमा छुनमुन गर्दा छोरो कुल मुस्कुरायो ||


अंगालोमा बेरी दिए जब हामि थियौ बेहोसिमा
जिब्रो टोकी लजाउदा आफै गर्र्या भुल मुस्कुरायो ||


जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी



Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: