Pages

Friday, June 03, 2011

गजल

जती सक्छु उती गर्छु नसकेको कर छैन
आज यहाँ भोली कहाँ जिन्दगीकै भर छैन |१|


गरिबीको भुमरीमा घुमी  रहें सधैं भरी
खुल्ला आकाश छानो भयो शित छेक्ने घर छैन |2|


जती चडे उती लडे सफलताको चुचुरोमा
आए आँप गए झट्टी अब कुनै डर छैन |३|


औंला दिए हातै निले कसरी'पो चित्त बुझ्नु
मन्को छानो चुदै थियो छाप्न खोजे खर छैन |४|


बन्द माथि फेरी बन्द मुल्य पुग्यो सिखरमा
महङीले भाँच्यो ढाड उठ्न खोज्दा हर छैन |५|


जीतु खड्का
उर्लबारी मोरङ
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: