Pages

Friday, July 01, 2011

गजल

टोपी सँग धोती साट्यौ, शिरै झुक्यो नेपालीको
बिदेशीको पाउ चाट्यौ ,चित्त दुख्यो नेपालीको |१|


मिलिजुली अगी बडौं किन गर्छौ लाठी मुङ्रा
चर्किएर आँफै फुट्यौ आशा टुट्यो नेपालीको |२|


बाटो घाटो खोला खोल्सी जता ततै नयाँ संन्धी
आँफै टेक्ने डाली काट्यौ बासै उठ्यो नेपालीको |३|


निदाएछौ समयमा आँखा खोल्दा अबेला भो
भाका थपी फेरी ढाट्यौ ईमान लुट्यो नेपालीको |४|


जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: