Pages

Friday, July 01, 2011

गजल

आगो रै'छ तिम्रो माया बल्न देउ आज फेरी
यौबनको रस पोखी ढल्न देउ आज फेरी |१|


पुट्ट पुट्ट पोटिला'ती अनारका दाना सरी
कामुक'ती अङ सँग चल्न देउ आज फेरी |२|


अङालोले बेरी देउ चर्चा गर्ने गर्दै गर्छन्
आरिसले जल्ने लाई जल्न देउ आज फेरी |३|


उम्लिएको बैश हाम्रो जोश उस्तै उमङको
आउ खेलौ लुकामारी गल्न देउ आज फेरी |४ |


जीतु खड्का (गाउले)
मोरङ उर्लबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: