Pages

Sunday, July 17, 2011

गजल (घायलको तराही मुसयरा १५ बाट )

पलाएका आँकुरा ति छाँस्न पनि मानेन मन
फक्रिएका फुल देख्दा हाँस्न पनि मानेन मन ||



छोडि गयौ एक्लो पारी बिर्सी देउ मलाई भन्दै
मुटु मिची अन्तै माया गाँस्न पनि मानेन मन ||




डोली चड्यौ खुशी हुँदै पराइ भयो आँगन मेरो
पराइको खुशी सँगै नाँच्न पनि मानेन मन ||



कसरी पो बाच्नु मैले आफ्नै मुटु दिएर अब
मर्न पनि सकिन म बाँच्न पनि मानेन मन ||



हिजो सम्म आफ्नै थियौ तिमी आज पराइ भयौ
मुटु माझ तिम्रो तस्बिर टाँस्न पनि मानेन मन ||



जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: