Pages

Friday, July 22, 2011

गजल

परेलिमा आँशु उन्ने रहर हैन मेरो
बिकृतिको जालो बुन्ने शहर हैन मेरो |१|


जात धर्म भाषा भेष परिचय आफ्नो आफ्नै
सद्भभाबमा बिष घोल्ने जहर हैन मेरो |२|


तिमी जस्तै बाँच्न देउ नेपाली हु म पनि
सामन्तिको हली बस्ने ठहर हैन मेरो |३|

कती चुस्छौ उपिया झै गरीबको रगत
रस चुस्ने भमरा झै नजर हैन मेरो |४|


जीतु खड्का(गाँउले)
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: