Pages

Sunday, July 17, 2011

गजल रमाइलो

किसानको छोरा म त काँक्रा हेर्दै  रमाउछु
थाँक्रा माथि मकै राखी थाँक्रा हेर्दै रमाउछु |१|

जवानी'पो ठान्छे काली पठ्याक्री झै लाग्छ अझै
तरुनी र पाठी उस्तै बाख्रा हेर्दै रमाउछु |२|



चौथी हान्ने दिन आयो बारी भरी ऊखु देख्छु
छिमेकिको ऊखुको त्यो लाँक्रा हेर्दै रमाउछु |३|

छोटो स्कट तिघ्रा नाङो पिडौला त छोपेकै थि
नक्कलीको चिल्लो चाप्लो साँप्रा हेर्दै रमाउछु |४|


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: