Pages

Friday, July 22, 2011

गजल

लाखौं जुनी बाँच तिमी तिम्रै लागि मर्दिन्छु
फक्रिएर फूल तिमी ओइलाएर झर्दिन्छु |१|


तिमी लाई साँगुरो भो सङै हिन्न खोज्दा मैले
रमाएर बाँच तिमी अन्तै बसाइ सर्दिन्छु म |२|


माँया भन्ने चिजै यस्तो जित सङै हार कहिले
मैले हार्‍दा जित्छौ भने समर्पण  गर्दिन्छु म |३|

प्राप्ती मात्रा माँया हैन गुमाउनु'नी माया नै हो
हाँसी हासी दिन्छु ज्यान आँफै बारुद भर्दिन्छु म |४|


जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: