Pages

Thursday, July 28, 2011

गजल

श्रीमतिको पत्र आयो बिरहकै पोको देखे
बिछोडमा छट्पटिदै एकान्तमा रोको देखे ||

धेरै भयो छुटिएका झट्टै फर्की आउ भन्थी
सुख केही चाहिन्न रे संगै बाँच्ने धोको देखे ||


बिछोडिने चाह हैन जिम्मेदरी काँधमा थ्यो 
चिची पापा भन्ने मेरा लाला बाला भोको देखे ||

नहुँदा नि भा कै थियो जती भयो उती लोभ
जती भर्यो नभरिने लालचको डोको देखे ||

गरीबको कर्मै यस्तो दोष मैले कस्लाई दिनु
भात मुछ्ने हातै भरी ठेला उठ्या फोको देखे ||

जीतु खड्का (गाउले )
मोरंग उर्लाबारी

मेरा दुइ छोरी रोजिना र रोशनी   

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: