Pages

Thursday, July 28, 2011

गजल

छोरा बढे गाउ सुन्ने छोरा सबै खाडीमा छन
फूल सबै उछिट्टिए ठेट्ना जती हाँडिमा छन ||

छोरा छोरी लाहुरे भए भासिए ति मुङ्लानमा 
बुढा बाउ हलो जोत्दै त्यही पाखो बारीमा छन ||


क्रान्ति भने जिउदै जले ति निर्दोश जनता हरु
जलेका ति लाश हरु अझै पनि माडिमा छन ||

चल्दै गर्या गाडी जल्यो दोष यहाँ कस्को थियो
मासु सबै खरानी भो अस्थिपञ्चर गाडीमा छन ||

पसिनाको धारा बग्यो माटो भिज्यो सिर्जनाले 
दु:ख गर्ने सिधा सादा सामन्ती त राडीमा छन ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: