Pages

Tuesday, September 06, 2011

गजल

सारी च्याती भोटो लायौ आज ठुला भयौ हामी
जन्मदा त यस्ता थिनौं किन लुला भयौ हामी ||

झालेको'नि झण्डा बोक्ने मालेको'नि झण्डा बोक्ने
नेता ज्यूको रोटी सेक्ने तातो चुल्हा भयौ हामी ||

मोटो घाटो चिल्लो चाप्लो सबै उस्तै हुतिहारा
हेर्दा सेतो देखिने त्यो फोस्रे मुला भयौ हामी ||

मेरो गोरुको बार्है टका मान्दिन भो तिम्रा कुरा
आफ्नै मात्र अहङ्कारले एक्लो बुलाह भयौ हामी ||

नोट : बुलाह भनेको हुल बाट छुटिएको एक्ले बाँदर
जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: