Pages

Tuesday, September 06, 2011

गजल


बैशले नै भिजेकी हौ नसुक है चनमती 
छोटो जामा लाएकी छौ नझुक है चनमती |१| 

बलेकै छ बैश तिम्रो बिकेकै छ जवानी त्यो 
पानी मुनी बसी आगो नफुक है चनमती |२| 

पाए सम्म चुसी रहने उपिया झै बानी तिम्रो 
चुसीएको आँप म त नचुस है चनमती |३| 

हाम्रो जस्तै मुटु होला दुख्छ होला कहिले कही 
कुरा काट्दा समाजले नदुख है चनमती |४| 

हटी हैन डटी लडे सहासी ति पुर्खा हरु 
हिम्मत भए आँखा जुधाउ नलुक है चनमती |५| 

यो गजल कोर्न हौसला  दिने सुमित सुबेदी कान्छो लाइ हार्दिक धन्यवाद 

जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: