Pages

Thursday, November 24, 2011

गजल


नेताले सत्य र जडीयाले झुटो कहिले बोल्दैनन

सहमती गरेकै हौ हैन बाजी हारेको त
जनयुद्द लडेकै हौ छैन मान्छे मारेको त |१|

बन्छ हेर संबिधान केही बर्ष कुर अझै
समय त थपेकै हौ छैन झारो टारेको त |२|

सहमती गरी सक्यौ फिर्ता हुन्छ कब्जा भए
फिर्ता गर्छौ भनेकै छौ छैन सर्त सारेको त |३|

डाक्टर बैध एकै ठाँउ किन पार्टी बिमारी भो ?
पक्कै होला उपचार छैन सिमा बारेको त |४|

एकै गाँस एकै बास सोंच रैछ भिन्ना भिन्नै
राज हुन्छ मुखियाको हुन्न भुरा भारेको त |५|

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: