Pages

Thursday, December 01, 2011

गजल ( बिष्णु पुलामीको सम्झना उहाकै मतला )















तिमी आगोहरुको कुरा गर्छौ म खरानी सँग जल्दैछु
तिमी चोटहरुको कुरा गर्छौ म मलामी सँग जल्दैछु ||
 स्व.बिष्णु बिष्णु पुलामी


तिमी आगोहरुको कुरा गर्छौ म खरानी सँग जल्दैछु
तिमी चोटहरुको कुरा गर्छौ म मलामी सँग जल्दैछु ||

अब्राहम लिङ्कन हैन हजुर सक्दिन म फ्याक्न दासता
तिमी हकहरुको कुरा गर्छौ म गुलामी सँग जल्दैछु ||

कती तिता मिठा यथार्त बिष्णु सँगै मेरो काहानी
साहित्यको कलम थिएँ म उही पुलामी सँग जल्दैछु ||

के  नै गर्नु त्यो तोपको सलामी जादैछु म दुनियाँ छाडी
एकोहोरो संख ध्वनी आगोको सलामी सँग जल्दैछु ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: