Pages

Tuesday, December 06, 2011

गजल (सिलाको जवानी )










फूलेर आयो फक्रेर गयो सिलाको जवानी
उफ्रेर आयो कक्रेर गयो सिलाको जवानी ||

उर्लिदो बैश चडेर आयो हेरेन कसैले
रमाउदै आयो झर्केर गयो सिलाको जवानी ||

समाउ भन्थे समिप हुदा गएछ छोडेर
नजिकै आयो तर्केर गयो सिलाको जवानी ||


बोकेर आयौ प्रेमको रस पोखियो हल्लेर
पिउन खोजे सर्केर गयो सिलाको जवानी ||

झागीदै थियो नछोऊ भन्थे कसैले छोएर
कलिलो रैछ मर्केर गयो सिलाको जवानी ||

अर्काको नासो छोयो की पासो नलऊ नजर
मौलाई आयो लर्केर गयो सिलाको जवानी ||


नछुला भन्थे छोएछु मैले जाने भो चोइटेर
कोमल रैछ चर्केर गयो सिलाको जवानी ||

मायाको बर्षा बर्सियो आज मै भए निथ्रुक्क
बर्षात रैछ दर्केर गयो सिलाको जवानी ||


जीतु खड्का गाउले
मोरंग उर्लाबारी
हाल साउदी अरब

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: