Pages

Saturday, December 10, 2011

गाजल

छोप्ने ठाउँ छोपे हुन्थ्यो,नछोप्ने पो छोप्दै छौ रे 
पाखुरामा खोप्ने ट्याटु अन्त कतै खोप्दै छौ रे ||

बिदेशीको संकृतीमा रम्दै छौ रे आज भोली
उखालेर संकृती चै बिकृती पो रोप्दै छौ रे ||




















ब्यापारी पो हौ कि तिमी सुन्छु बेच्छौ जवानी त्यो
हाली बैश तराजुमा आफ्नै मुल्य तोक्दै छौ रे ||

विद्यार्थी हौ तिमी एक दुनियाँको नजरमा
कापी हाल्ने झोला भित्र नाना थरी बोक्दै छौ रे ||

लजाउछौ धकाउछौ सरी भन्दै फकाउछौ
शर्माए झै गरिकन ब्यर्थै जिब्रो टोक्दै छौ रे ||

जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: