Pages

Monday, December 12, 2011

गजल

केही कुरा गर्नु थियो झर्किने पो हौ कि तिमी !
तर्दै आँखा मै तिर पो फर्किने पो हौ कि तिमी !!












लाग्छ डर कता कता छुन पनि सक्दिन म 
गुलाब झै कोमल छौ चर्किने पो हौ कि तिमी !!

सुन्छौ भने भनी दिन्छु भावनाको कुरा हरु 
खुशी संगै रमाएर सर्किने पो हौ कि तिमी !!

कहाँ बाट सुरु गरौ तारिफ त्यो मुहारको 
लजाएर आँफै सँग तर्किने पो हौ कि तिमी !!

गोधुलिको सांझ पारी भेट्नु थियो एकान्तमा 
अचानक आत्तिएर हर्किने पो हौ कि तिमी !!

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: