छोटा छोटा चोली बान्ने हाम्रै मैसाहब
चोली बाटै गोली हान्ने हाम्रै मैसाहब !!
सधैं भरी चाड पर्ब खुशी रातै भरी
उधारोमै होली मान्ने हाम्रै मैसाहब !!
दिन उही रात नौलो स्वाद अचम्मको
कस्ता कस्ता टोली धान्ने हाम्रै मैसाहब !!
घरबारे छु म'त हजुर दया गरिदेउ
मै मुर्धाको झोली तान्ने हाम्रै मैसाहब !!
तितो सत्य बिष भयो मैले ओकलेको
यथार्त लाई भोली मान्ने हाम्रै मैसाहब !!
जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
1 सुझाबहरु:
la ramro photo ani gajal pani testai jitu ji badhaai chha yaha laai
Post a Comment