Pages

Wednesday, April 04, 2012

गजल













जोइ पोइ मिल्नु पर्छ आगो हुनु हुन्न 
माकुराको जालो जस्तो धागो हुनु हुन्न! 


लटरम्म फलेको त्यो झुक्ने बालि नभै 
सँधै ठाडो नकचरो हाँगो हुनु हुन्न हेर!!


मान्छे भई जन्मेपछि अज्ञानी त्यो पशु 
कार्तिकमा डुल्ने कुकूर् डांगो हुनु हुन्न!!



समाजमा मान्य गन्य सभ्य मान्छे हुनु  
बरालिने साँढे अनि राँगो हुनु हुन्न !!


भन्ने बेला सय वटी मर्ने बेला सुन्य 
श्यामजंगे खत्री जस्तो नागो हुनु हुन्न!!


गजलकार 
श्याम जङ खत्री सानो जङे 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: