Pages

Saturday, April 07, 2012

गजल 19



लुला खुट्टा लर्बराउदै थिग्रिदैछु साहित्यमा 
चार पाउ टेकी टेकी घिस्रिदैछु साहित्यमा||

साहित्यको बाटो भित्र बिकृतिको खाटो धेरै 
अस्लिल्ताको पर्दा चिर्दै बिग्रिदैछु साहित्यमा !!

बेदनाको लप्काभित्र मुठार्‍एका शब्द हरु 
कलमको टुप्पो हुँदै तिख्रिदैछु साहित्यमा !!

तिम्रो जस्तो मिठो मिठो कोर्न मैले नसके नि 
मुठारिदै तिखारिदै निख्रिदैछु साहित्यमा !!

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: