Pages

Tuesday, January 22, 2013

गजल


पैसाले मान्छे लाई बिरानो बनाउँछ 
गाँउ र समाजमा अखानो बनाउँछ|१| 

नखोज स-सम्मान धनैले धनवान 
घटाइ आफ्नो कद झनसानो बनाउँछ|२| 

चन्दा कै बिगबिगी जाली र फटाहको 
नदिए थिलथिलो अचानो बनाउँछ|३| 


अनौठो छ नियम छन्द र बहरको 
तर्कुले  मात्रा लाई मुर्दानो  बनाउँछ|४| 

अघोषित पागल कबी र गजलकार 
ढाडी र लिखा लाई चम्कानो बनाउँछ|५| 

जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल- साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish