Pages

Tuesday, January 22, 2013

गजल


पैसा तिरी परदेशिएँ बेचिए झै लाग्यो आज 
स्वाभिमानी नेपाली थें हेपिए झै लाग्यो आज||

भाँडो हेर्दै भुन्टे रुन्थ्यो जोहो गर्न छिरे शहर 
पाल्ने पोस्ने कर्तब्यले बाँधिए झै लाग्यो आज||

सन्ततिको भबिश्यमा उज्यालोको ज्योति छर्न 
मुटु भरी माँया बोकी टाढिए झै लाग्यो आज ||


चोली फाट्यो भन्छे प्यारी नयाँ दिन सक्या छैन 
अभाबको भुग्रो माथि पिल्सिए झै लाग्यो आज

जिन्दगीको दासता यो मेरो आफ्नै काहानी हो 
शब्द बनी गजल हुँदै पोखिए झै लाग्यो आज

जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish