Pages

Sunday, March 11, 2018

गजल

संघर्शको मैदानमा होमिएर जिन्दगानी 
हिंडेकै छ मृत्‍युसँग जोगिएर जिन्दगानी!!

कयौ प्रहार यो छातीमा नबज्रेको कहाँ हो र?
चर्किएन अभाबसंग ठोक्किएर जिन्दगानी!!

खाली आउनु खाली जानु रै'न रैछ लाने केही 
रित्तो देख्दा मुस्कुराउछु सम्झिएर जिन्दगानी!!


नपोख ए परेली हो आँखा बाट आँशू धेरै 
बग्नसक्छ आँशुसंगै पग्लिएर जिन्दगानी !!

दु:ख आँशू पिएर नै खुशी फूल्न सक्छभने 
बिताइ दिन्छु यसैगरी म पिएर जिन्दगानी!!

जीतु खड्का गाउँले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: