थाहा भयो पछारिदा आधार ईलाकामा !!
कलम सामु बन्दुकको रवाफ देखाएर
कतिन्जेल चल्न सक्थ्यो रफ्तार ईलाकामा!!
गाँउ बाट लखेटिएर जो शहर छिरेका थे
मालामाल भएका छन् बजार ईलाकामा!!
निर्वाचनमा धाँदलिको आरोप लगाएर
किन गर्छौ फेरी झुटो प्रचार ईलाकामा!!
सोझा साझा गाँउलेलाई सपना देखाएर
छिर्न सक्छ फेरी अर्को गद्दार ईलाकामा!!
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment