Pages

Tuesday, February 18, 2014

गजल

बाँचेको छ त्यो बिचारा दस नंग्रा खियाएर 
चलाउछ ऊ गुजारा दस नंग्रा खियाएर !!

पाखोबारी जिलाए त भोकै सुत्नु पर्दैन थ्यो 
मर्दैन थिस् हुतीहारा दस नंग्रा खियाएर!!

खाइ हल्ली कती हिड्छौ बुढा बा को पौरखमा 
गरी खाओ ए भातमारा दस नंग्रा खियाएर !! 

मेहनतले पेट भर्छ नदेख भो दिवा सप्ना 
झर्दैनन ति जूनतारा दस नंग्रा खियाएर!!

मागी खाँदा नपाएमा झिकी खान सिक्नु पर्छ 
किन पोख्छौ?अश्रुधारा दस नंग्रा खियाएर!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: