Pages

Friday, February 28, 2014

गजल

केही सिक्छु जिन्दगीका भोगाइमा पनि 
छुट्टै मिठो आनन्द छ दुखाइमा पनि!१! 

समाजसेवा यो शहरमा अचम्मकै हुने 
आफ्नो स्वार्थ मिसाइ दिन्छन् बधाईमा पनि !२! 

दु:ख पर्दा मुख मोड्छन आफन्तले यहाँ 
मानवताको धर्म हुन्थ्यो पराईमा पनि!३! 


बाढी पिढित भोक्कै मर्दा सरकार हेर्दै बस्यो 
दया हुन्छ अलीकति त कसाइमा पनि !४! 

झुपडीमा हुर्किएको गाउँले ठिटो न हुँ 
डर लाग्छ सफलताको उचाइमा पनि !५! 

जीतु खड्का गाउँले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: